काठमाडौँ । पछिल्लो समय देशमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि त्यसबारे छलफल गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दैछ । अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने बताइएको छ । बिहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाँणले पनि जानकारी गराउनुभएको थियो ।