काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्धको भेरोसेल खोप लगाउने भएको छ । महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि पुनः खोप लगाउन लागिएको हो ।
महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरले आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम रहेको बताउनुभयो । खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर खोप केन्द्रमा जान महानगरपालिकाले अनुरोध गरेको छ ।