रूपन्देही । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एकताका लागि माधव नेपाललाई पार्टीले अब नकुर्ने बताउनुभएको छ । उहाँले एक साताभित्रै पार्टी एकताको टुंगो लाग्ने दाबी गर्नुभयो ।
पाल्पामा आज पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता प्रक्रिया अघि बढ्ने बताउनुभएको हो ।
नेता ज्ञवालीले भन्नुभयो ‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौँ जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन।’
विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूमिका खेले पनि नेपाल पक्ष एकतामा नआउनु भनेको एकता नचाहेको बताउनुभयो ।