काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने आँकलन गरेको छ ।
मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने बताएको हो । मन्त्रालयले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावना रहेको पनि आँकलन गरेको छ ।




















