लण्डन । वेष्ट इण्डिजले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई आइतबार बिहान भएको खेलमा चार विकेटले पराजित गरेको छ । अष्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य वेष्ट इण्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएर पूरा गरेको थियो ।
वेष्ट इण्डिजको जितमा निकोलस पुरनले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै जासन होल्डरले ५२ र साई होपले ३८ रन बनाउनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा एडम जाम्पाले दुई विकेट लिनुभयो । यसअघि पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १८७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि वेस अगरले सर्वाधिक ४१, म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन र जोड्दा मिचेल स्टार्कले १९ रन थप्नुभयो ।
वेष्ट इण्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३/३ विकेट लिनुभयो । शेल्ड्रोन कोट्रेलको नाममा २ विकेट रहृयो । यससँगै वेष्ट इण्डिजले तीन खेलको एकदिवसीय सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो ।