काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको छ । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।
आइतबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।