काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुवै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर जसपाका दुई अध्यक्षमध्ये एक महन्थ ठाकुरले निर्वाचन आयोगले ‘हेड काउन्ट’ का आधारमा गर्न लागेको आधिकारिकता विवाद निरुपण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । तर सर्वोच्चले कार्यकारिणी समितिको सनाखतको आधारमा विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार गरेको हो ।