गुल्मी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टीलाई एकढिक्का बनाउन माधव कुमार नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका उहाँले यस्तो धारणा राख्नुभएको हो ।
नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको बताउनुभयो ।
नेता ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको बताउनुभयो । जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाई शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनीतिक भएको उहाँको टिप्पणी छ । अदालतको फैसलाले राज्यका आधारभूत संरचनाहरुलाई पनि खलबल्ल्याएको ज्ञवालीले जिकिर गर्नुभयो । राजनीतिक संकटलाई राजनीतिक दलबाटै समाधान खोजिनुपर्ने उहाँले बताउनुभयो ।
एक अर्को प्रसंगमा नेता ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताउनुभएको छ । उहाँले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गर्नुभयो