काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गर्नुभएको छ । गरेका छन् । आइतबार मध्यान्ह उहाँले सामाजिक सञ्जालमार्फत् राजीनामा दिन लागेको बताउनुभयो ।
साफ च्याम्पियन्सिपको तयारीमा रहेको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका बेला उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको नाम मेन्सन गरेर फेसबुकमा स्टाटस राख्दै राजीनामा दिन लागेको जानकारी दिनुभयो ।
नेम्वाङले पछिल्ला दिनहरुमा उहाँप्रति गरिरहेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन लागेको अलमुताइरीको भनाइ थियो । उहाँले गत चैतमा कतार फुटबल संघको सहयोगमा नेपाली टोलीको प्रशिक्षण सम्हाल्नुभएको थियो ।
उहाँको नेतृत्वमा नेपालले खेलेका खेलहरुमा विगतभन्दा धेरै सुधारिएको प्रदर्शन देखिएको थियो । त्यसैकारण उहाँ नेपाली खेलप्रेमीमाझ लोकप्रिय बन्नुभएको थियो ।