धनुषा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा उपाध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ । सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
काठमाडौंमा नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले पार्टीमा प्रवेश गराउनुभएको हो । पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने बताउँदै समान व्यवहार गरिने बताउनुभयो । उहाँले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिनेसमेत जानकारी दिनुभयो ।

























