काठमाडौं । सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहजीकरण गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सो कार्यदल बनाइएको हो ।
उक्त कार्यदलमा कांग्रेसबाट खड्कासहित मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) बाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य हुनुहुन्छ ।
त्यसैगरी गठबन्धन सरकारलाई समर्थन गरेको एमाले नेता माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा भने कार्यदलमा सहभागी भएका छैन । एमाले पार्टीभित्रको विवादका कारण हाललाई माधव समुह नसमेटिएको स्रोतले बताएको छ । यद्यपि माधव नेपाल समूह सरकारमा सहभागी हुने पक्का भएपछि भने नेपाल समूहलाई पनि कार्यदलमा समेट्ने स्रोतले जनाएको छ ।

























