काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,८३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जना संक्रमित भेटिएका हुन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २६ हजार ८३२ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ९ हजार ६३७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
त्यसैगरी काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोनाका संक्रमित थपिएका छन् ।

























