काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दा सम्बोधन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा ठाकुरले सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
नेता डा.सुरेन्द्र झाका अनुसार जसपाको ठाकुर पक्षले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषयलाई फेरि सम्बोधन गर्नुपर्ने जनाएको छ । प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएकाले माग सम्बोधन गर्नुपर्नेमा नेता ठाकुरले जोड दिनुभएको छ ।