काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद डा. भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।
दिउँसो सिंहदरबारमा एमालेका नेता माधव नेपालनिकट सांसदहरुको भेलामा डा. रावलले यस्तो घोषणा गगर्नु भएको हो । भेलामा उपस्थित सांसदहरुले राजीनामा नदिन आग्रह गरेपनि उहाँले अस्वीकार गरेको बताइएको छ ।
संसद सचिवालयमा राजीनामा दिन नेपाल पक्षका सांसदहरुले रोकेका कारण उहाँले नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने तयारी गर्नु भएको बताइएको छ ।
आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै असहयोग भएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताउनु भएको छ ।
डा. रावलको यो कदमले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै असर नपुगेपनि माधव नेपाललाई ठूलो झड्का लाग्ने देखिएको छ ।
त्यस्तै माधव समूहका अन्य सांसदहरुले पनि देउवालाई विश्वासको मत नदिने भएका छन् । कार्यदलमा रहेका र एमालेको एकता चाहना माधव समूहका नेताहरु शुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराईलगायतका सांसदहरुले पनि देउवालाई विश्वासको मत नदिने स्रोतको दावी छ ।