काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणमा धाँदली गरेको छ । पार्टीले गरेको धाँधलीविरुद्ध कांग्रेसको केन्द्रीय कार्यालयमा काग्रेसकै नेताले अनशन सुरु गर्नुभएको छ । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसनमा बस्नुभएको हो ।
धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै डा. चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहानदेखि अनसन सुरु गर्नुभएको हो ।
जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू गर्नुपर्ने माग राखेर उहाँहरुले राख्नुभएको छ ।