काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान अदालतमा पुग्नुभएको हो । ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व–उपप्रधानमन्त्री समेत रहेका गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा हुनुहुन्थ्यो ।
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारमा मुछिएका उहाँ बुधबार अदालतमा हाजिर भएको उपरजिष्टार पुष्पराज पाण्डेयले जानकारी गराउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।