काठमाडौँ । जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियो सहरमा हुने गृष्मकालीन ओलम्पिकमा नेपालकी नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी जम्मा २६ जनाको टोली सहभागी हुने भएको छ । त्यसमा पाँच खेलाडी र चार प्रशिक्षक रहेका छन्।
ओलम्पिक मार्चपासमा पौडीबाज गौरिका सिंहले राष्ट्रिय झण्डा बोक्ने भएकी छिन्। गौरिकाले राष्ट्रिय झण्डा फहराउने नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।
सहभागी हुने खेलाडीमा पौडीकी गौरिका र एलेक्जान्डर ग्याडिमाड शाह, सुटिङबाट कल्पना परियार, जुडोबाट सानिया भट्ट तथा एथ्लेटिक्सबाट सरस्वती चौधरी रहेका छन् ।
गौरिकाले वुमन्स १ सय मिटर फ्रि स्टाइल र एलेक्जान्डरले मेन्स सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् भने कल्पनाले वुमन्स सय मिटर एयर राइफल्स, सानियाले वुमन्स ४८ किलो तौल समूहमा र सरस्वतीले वुमन्स सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।
प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल छन्।