काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेशप्रति टिप्पणी गर्दै राप्रपाका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु व्याको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन् “बरिष्ठ राजनितिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटि लिएं – ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ ।” त्यस्तै थापाले अदालतको आजको राजनीतिक फैसला कार्यान्वनमा जटिलता रहेको पनि बताएका छन् । उनले देश अस्थिरतामा फस्ने खतरा औल्याएका छन् ।” उनले लेखेका छन –“राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा” ।