काठमाडौँ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
२८ वर्षपछि अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गर्नुभयो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गर्नुभएको हो । उहाँले रोड्रिगोको पासमा उत्कृष्ट गोल गर्नुभएको थियो । बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटकपटकको आक्रमणमा अर्जेन्टिनाका गोलकिपर बाधक बन्नुभएको थियो । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।