काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले ८ बुँदे प्रस्ताव पेश गर्नुभएको छ । उहाँले संघीयताको समीक्षा हुनुपर्ने प्रस्ताव राख्नुभएको हो ।
नेता बस्नेतले धर्म निरपेक्षताका बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ट पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराउनुभएको छ ।
बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।
नेकपा एमालेको जारी १३ औँ बैठकमा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राख्नुभएका ८ बुँदे प्रस्तावहरु
१- संघीयताका बारेमा समिक्षा गरौं।
२- मुलुकको विशिष्ट पहिचान घोषणा गरौं ।
३- धर्म निरपक्षताका बारेमा बहस गरौं ।
४- शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऔँ ।
५- दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गरौं ।
६- पार्टी अध्यक्ष : पार्टी अध्यक्षको कालकाल दुई र पदाधिकारीको कार्यकाल तीन भन्दा बढी बस्न नपाउने ब्यबस्था गरौं।
७- पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिस्चित गरौँ ।
८- पार्टी महाधिवेशनको राजनैतिक प्रतिबेदन र बिधान अनि चुनावको घोषणापत्रमा यो बिषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाऔँ ।