एजेन्सी । विश्वविजेता फ्रान्स युरोकपबाट बाहिरिएको छ । फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा ५-४ गोलअन्तरले पराजित हुँदै बाहिरिएको छ । रोमानियामा सोमबार राति भएको अन्तिम १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पेले प्रहार गरेको पेनाल्टी स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गर्दै उसलाई अन्तिम आठमा पु-याए । त्यसअघि निर्धारित समयमा स्विट्जरल्याण्डका सेफेरोभिच दुई तथा पाउल पोग्बाले एक गोल गरेका थिए । फ्रान्सका करिम बेन्जेमाले दुई तथा मारियो गाभ्रानोभिचले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याएका थिए । यससँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ। अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसैगरी अर्को खेलमा कोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले यूरोकपको अन्तिम आठमा स्थान बनाएको छ। रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे । क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल थप्दै अगाडिको यात्रा तय गर्यो । यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ। अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।