काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषित भएका छन् । ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पर्यटन सद्भावना दूत ‘सिरिजङगाको छोरो’ घोषणा गरेको बताइएको छ ।
पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको बताइएको छ । गजुरेलको नियुक्तिले ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।