काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा २ बजेका लागि बोलाइएको बैठक पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने बताइएको छ ।
यसअघिको बैठकले भदौ १६ देखि १९ गतेसम्म अधिवेशन गर्ने गरी प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणको काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गरी महाधिवेशन गर्ने भएको छ ।