काठमाडौं । सुदूरपश्चिम प्रदेशका नेकपा एमालेका १७ जना सांसदहरुले पार्टी निर्णयको उल्लंघन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिनुभएको छ । नेकपा (एमाले) का माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टी निर्णय उल्लंघन गर्दै मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिनुभएको हो ।
नेकपा एमालेका १७ जना सांसदहरुको सहयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सत्ता जोगिएको छ। मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा नेपाल पक्षका १७ सांसदले उहाँलाई विश्वासको मत दिनुभएको छ ।
५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३, कांग्रेसका १२ ,जसपाका २ सांसद छन् । मंगलबारको मतदानमा ५१ सांसदको उपस्थिति रहेको थियो भने मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गर्नुभयो ।
एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्दै प्रदेश संसदीय दललाई पत्राचार गरे पनि १७ जना सांसदहरुले पार्टीको निर्देशनविरुद्व मत दिएसँगै भट्टको सत्ता सुरक्षित भएको हो ।
नेपाली कांग्रेस तटस्थ बस्दासमेत आफ्नै पार्टीको निर्देशन नमानी माओवादीको सरकार टिकाउने एमालेका १७ सांसदहरुको गलत गतिविधिको पार्टीभित्र तीव्र आलोचना भएको छ ।
मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमालेका १७ सांसदहरू
१- अमरबहादुर साउद
२- अर्चना गहतराज
३- कुलवीर चौधरी
४- कृष्णराज सुवेदी
५- चुनकुमारी चौधरी
६- तारा लामा तामाङ
७- दीर्घ सोडारी
८- दुर्गाकुमारी कामी
९- पूर्णा जोशी
१०- प्रकाशबहादुर शाह
११- प्रकाश रावल
१२- बलबहादुर सोडारी
१३- मनाकुमारी साउद
१४- माया भट्ट
१५- लालबहादुर खड्का
१६- सुशीला बुढाथोकी
१७- हर्कबहादुर कुँवर