काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्का समूहका नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका छन् ।
यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टामै ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो ।
दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।
अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि ठाकुर पक्षको बैठकले ठहर गरेको जसपाका नेताले बताएका छन् । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको बताइएको छ ।
यादवले पार्टीका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण समेत सदस्यबाट हटाएको निर्वाचन आयोगलाई गराएका छन् ।