काठमाडौं । नेकपा एमालेको आज बसेको दसौं महाधिवेशन आयोजक कमिटीको वैठकले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । गत फागुन २८ गते बसेको केन्द्रीय कमिटी वैठकले विगतको स्थायी कमिटी विघटन गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको वैठकले पार्टी हितविपरित गतिविधि गर्दै आएका नेताहरुलाई हटाएर स्थायी कमिटि गठन गरेको हो ।
स्थायी कमिटिमा माओवादीबाट आएका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई पनि समेटिएको छन् । स्थायी कमिटीमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।
नवौं महाधिवेशनपछि गठित एमालेको स्थायी कमिटीमा रहेका झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भूसाल, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र पदेन स्थायी कमिटी सदस्य अमृत बोहोरा नवगठित स्थायी कमिटीमा परेका छैनन् ।
एमालेको नवगठित स्थायी कमिटीका नेताहरु –
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोख्रेल
८. प्रदिप ज्ञवाली
९. लेखराज भट्ट
१०. टोप बहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. बिष्णु रिमाल
१३. छबीलाल बिश्वकर्मा
१४. पृथ्वी सुब्बा गुरुङ्ग
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशब बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा