काठमाडौं । सीसीएमसी बैठकले पछिल्लो समय नेपालमा देखिएको कोरोना भाइरसलगायत विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिनुभएको छ ।
केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सीसीएमसीले सो विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले केही निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गरिसकेको छ । सो विषयमा केन्द्रित भएर आज छलफल हुने बताइएको छ ।