काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक पुनः स्थगित भएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो ।
यसअघि यही चैत्र २७ गतेका लागि बोलाइएको वैठक स्थगित गरेर आजका लागि बोलाइएको थियो । अर्को वैठकको मिति तय गरिएको छैन ।