काठमाडौं । पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले सरकारले काम नदिएको होइन, संसदले काम गर्न नसकेको बताउनुभएको छ । उहाँले सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? भनेर प्रश्न गर्नुभएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पण्डितले यस्तो प्रश्न गर्नु भएको हो ।
‘यो सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? यो विधेयक अधिवेशन हो तर यसले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्, संसदमा अहिले ६५ वटा विधेयक छन्, यी सबै महत्वपूर्ण विधेयक हुन् । सन्धि सम्झौताहरु अनुमोदनको निम्ति पर्खिरहेको छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै संसदमा काम छैन भन्नेहरूलाई विधेयक शाखामा गएर हेर्न पण्डितले सुझाव छ। संसदलाई सरकारले काम दिएन भन्नु एकतर्फी कुरा भएको पनि उहाँको दाबी छ ।
‘