काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण भएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८५ हजार २ सय ८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ । हाल ५७ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको छ ।



















