काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७ सय २७ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८१ हजार ८ सय ३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ जना पुगेको मन्त्रालयले जनाएको छ। हाल ५९ जना क्वारेन्टाइनमा रहेका छन् ।