काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेकी सचेतक शान्ता चौधरीले यो सरकारले इतिहासमै राम्रा काम गरेको बताउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै चौधरीले राम्रा काम गर्ने यो सरकारलाई सबैले सलाम गर्नुपर्ने विचार राख्नुभयो ।
सचेतक चौधरीले मेलम्चीको पानी काठमाडौँ झरेको, सुरुङ मार्गको निर्माण, कोरोनाको खोप यति छिटो ल्याएर लगाउन शुरू गरिसकेको र विद्रोही समूहलाई शान्तिप्रक्रियामा ल्याएको भन्दै राम्रा कामका बारेमा सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।
विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा सरकारले प्रवेश गराएको सन्दर्भ उठाउँदै चौधरीले सरकारबाट इतिहासकै ठूलो काम भएको बताउनुभएको हो । उहाँले सरकारले गरेका राम्रा काम सबैले देख्नुपर्ने बताउनुभयो ।