काठमाडौं । एनआई सी एशिया बैंकले घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले ग्राहकका लागि ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।
बैंकले काठमाडौं डिल्लीबजार शाखामा सो योजनामा खाता खोल्नुभएकी काठमाडौं पानीपोखरीकी आरती मानन्धरलाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरेको जनाइएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको बताएको छ ।
ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने जोखिमका लागि आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत १ लाखका साथै विभिन्न निःशुल्क सुविधाहरू समेत उपलब्ध गराउने बताइएको छ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४२६ जनाभन्दा बढी ग्राहकले बीमाबापतको २ करोड ६६ लाखभन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ । बीमासहितको बचत योजनाबाट सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।
बैंकका मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा रहेका छन् । योसँगै बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल हुन पुगेको छ । २२ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले सोमबार जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।