वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।
स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार रु. १० लाखबाट बढाएर रु १५ लाख पु-याउन र दोस्रो पुरस्कार रु. पाँच लाखबाट रु. १० लाख पु¥याउन उपमहानगरपालिकाले सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्यले यो योजना अघि बढाइएको हो ।