काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत फागुन २७ देखि चैत ७ गतेसम्म हेटौंडामा सञ्चालन भएको स्थानीय तह शहीद स्मृति गोल्ड कप तेस्रो संस्करणमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सो प्रतियोगितामा विजयी त्रिभुवन आर्मी क्लबले रु. १० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा टेकबहादुर बुढाथोकी म्यान अफ दि म्याच, विवश चौधरी उत्कृष्ट गोलरक्षक, दिपक गुरुङ्ग उत्कृष्ट डिफेन्डर, सेसेहाङ आम्देम्बे उत्कृष्ट मिडफिल्डर, नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँहरुले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको नेपाली सेनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।