काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले यो सरकार अल्पमतमा होइन, बहुमतमा रहेको बताउनुभएको छ । माओवादी केन्द्रले यो सरकारलाई विश्वासको मत दिइराखेको हुनाले यो सरकार बहुमतमा रहेको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासको मत कायमै राखेको छ । अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’
नेकपा (एमाले) का लागि अहिले दुईटै हातमा लड्डू रहेको उहाँले बताउनुभएको छ ।
सरकारमा रहे पनि तीन वर्षसम्म सुरुवात गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अवधारणाअनुसार राष्ट्रिय गौरव बनाउने अवसर भएको उहाँले बताउनुभयो ।