बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । विगतमा दुई पार्टी एक गर्नुको भित्री खेल दाहालको त्यही थियो भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ । उनी एमालेको शक्ति र जनसमर्थनप्रति आकर्षित भएका थिए । उनी एमाले कब्जा गर्ने नसके कमजोर बनाइदिने मनस्थितिका साथ पार्टी एकताका लागि तयार भएका थिए भन्ने कुरा त्यतिबेलै राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका थिए । उनले एमालेको माधव नेपाल–झलनाथ खनाल समूहलाई प्रयोग गरेर नेकपाको सर्वेसर्वा हुन खोजेका थिए । तर त्यसमा सफल हुन नसकेपछि पूर्व एमालेको ठुलै समूह लिएर दाहाल अलग भएका थिए । उनले प्रतिनिधिसभा विघटनलाई वहाना बनाएर आफ्नो उद्देश्य पूरा गर्न खोजेका थिए । तर अदालतले पुरानै पार्टी व्यूताइदिएपछि दाहालको सपना चकनाचुर भएको छ ।
संसद विघटनपछि नेकपा विभाजित हुँदा दाहाल र नेपाल समूह एकातिर भएका थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा फर्कन वाध्य भएका छन् भने दाहालहरु माओवादी केन्द्रमा ।
माधव नेपाल समूह एमालेमा फर्कनु उनीहरुको रहर नभएर वाध्यता बनेको हो । उनको समूह एमालेमा फर्किनुमा एक त सांसद पद जोगाउनका लागि हो । तर कतिपय राजनीतिक विश्लेषकहरुले नेपाल समूहले एमाले फुटाएर दाहालसँग मिसिन सक्ने आँकलन पनि गरेका छन् ।
दाहालले आज वुटवलमा आयोजित एक कार्यक्रममा राजनीतिक विश्लेषकहरुले गरेको आँकलनलाई बल पुग्ने अभिव्यक्ति दिएका छन् । बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिए । माधव नेपला समूहलाई पिन्च पर्न सक्ने भन्दै दाहालले पूर्व एमालेका जिम्मेवार नेता, कार्यकर्ताहरु फर्किएर एमालेमा जान्नौं भने भने पनि हेडक्वाटरसँग सल्लाह गरेर मात्र टुंग्याउनु पर्ने बताएका छन् ।
उनले माधव नेपलाहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति बनाउँने र त्यो सम्भव नभए माधव समूहले विद्रोह गर्ने र आन्दोलनकारीको शक्ति बनाउने बताएका छन् ।
त्यस्तो वातावरण नबन्दासम्म आफूहरुले पार्टीलाई संगठित गर्ने र आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्ने बताए । पार्टीलाई सशक्त बनाउन आर्फू काठमाडौंमा कम बस्ने, जिल्ला–जिल्लामा जाने पनि बताएका छन् ।