काठमाडौंं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आज पहिलोृ चरणको वार्ता सम्पन्न भएको छ । सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच आज बिहान पहिलो चरणको वार्ता भएको हो । वार्ता कुन ठाउँमा भएको भन्ने खुलाइएको छैन ।
वार्ता सकारात्मक दिशा उन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले जानाउनु भएको छ । सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो भने विप्लव समूहले पनि हिजै खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।


















