हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आज हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे चुनाव हुने बताउँदै संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई पनि सशक्त ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आवश्यक रहेको वताउँदै थापाले नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतीको जगमा खडा भएको बताए ।
कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको दावी गरेका छन् ।