काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा वचनबहादुर सिंह चयन भएका छन् । माघ २५ र २६ गते काठमाडौँमा भएको संघको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५ सय १ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारबाही गरेको छ । संघको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अञ्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहनुभएको छ ।
यस्तै सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी, संगीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना छन् । कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी चयन भएका छन् । सहअध्यक्ष पौडेलले तीन महिनापछि संघको पुनर्गठन गरिने बताए । आगामी जेठमा अहिलेका अध्यक्ष सिंहको उमेर ४० वर्ष पुगेपछि सहअध्यक्ष पौडेललाई अध्यक्ष बनाउने सहमति भएको छ ।