काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीलाई आफ्नै पार्टीका नेता, कार्यकर्ताले धोका दिएपनि विभिन्न दलका नेता, कार्यकर्ता र जनताहरुउहाँको काम, नीतिप्रति आकर्षित भइरहेका छन् । यही क्रममा विभिन्न पार्टीका नेताहरु तथा नेकपाको दाहाल–नेपाल समूहतिर लागेकाहरु पनि धमाधम फर्किन थालेका छन् ।
यसैवीच हिजो बुलुका जनता समाजवादी पार्टीका नेता एवं संविधानसभा सदस्य शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । महोत्तरी निवासी यादवलाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले स्वागत गर्दै अन्य मित्रहरुलाई पनि आफ्नो पार्टीमा आउन आग्रह गर्नु भएको छ ।
नवप्रवेशी यादवले संविधान सभामा रहेर आपूmले काम गरेको प्रसंग उल्लेख गर्दै गणतन्त्रबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न केपी ओलीको नेतृत्वमा आएको बताएका छन् ।
नेता यादवले भन्नुभयो, “मधेसवादी दलका नेताहरु व्यक्तिगत स्वार्थको राजनीतिमा लागे, देश र जनताको भावनामाथि खेलवाड मात्र गरे, देश र जनताको पक्षमा काम गर्न ओली नेतृत्वकै पार्टी ठीक लागेर म पार्टी प्रवेश गरें ।”
तराई केन्द्रित दलहरुले अस्थिरता सिर्जना गर्ने र जनतालाई झुक्याउने काम मात्रै गरेको आरोप लगाउँदै यादवले संविधानको विरोध गर्नेहरु नै मन्त्री बनेर अघोषित रुपमा संविधान स्वीकारेको बताउनु भयो ।
निर्वाचनमा जानु भनेको प्रगतिमन होइन प्रष्ट पार्नुहुँदै नेता यादवले भन्नुभयो, “मधेसवादी दलको नीति र एजेण्डा एकातिर भयो, व्यवहार र कार्यशैली अर्कोतिर, यस हिसावले जनताको काम गर्न सकिदैन, त्यसैले पार्टी छाडेर आएँ ।” सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने मिति सार्वजनिक गर्नु स्वागतयोग्य कुरा भएको उहाँले बताउनुभयो । तथापि मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन भए पनि अदालतको फैसला सबैका लागि मान्य हुने उहाँले बताउनुभयो ।
उहाँले देश र जनताको पक्षमा काम गर्न आफू नेपाल नेकपामा आएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको पार्टी र सरकार देशको निकासका लागि जनतामाझ जाने निर्णय उचित लागेर आफू दलमा प्रवेश गरेको उहाँले प्रष्ट पार्नुभयो ।
पहिले एमालेमा काम गर्नु भएका यादवले पुनः ओलीकै नेतृत्वमा फर्किनु भएको हो ।