काठमाडौं । माओवादीको १० वर्षे सशस्त्र युद्धमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण गर्न शुरु गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बर्दियाको गुलरियामा आज एक कार्यक्रम गरी परिचयपत्र वितरण शुरु गरेको हो ।
केही दिनअघि सरकारले ‘लोकतन्त्रका योद्धा’ को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । संयोजक ज्ञवाली परिचयपत्र वितरण कार्यक्रममा सहभागी भएका छन् ।
माघ ११ मा बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको कार्यदलले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएकाको सम्मान गर्दै उनहिरुका परिवारलाई परिचयपत्रको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
हालसम्म सशस्त्र युद्धका बेला राज्य र तत्कालीन विद्रोही पक्षबाट करिब २ हजार ६ सयजना बेपत्ता पारिएका भन्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा निवेदन दर्ता भएका छन् ।