जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेकपा (प्रचण्ड–माधव पक्ष) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हजार वर्ष जेल सजायँ दिए पनि कम हुने बताएका छन् ।
संसद विघटनविरुद्ध सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता महतोले युद्धताका प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत क्षेत्रमा प्रदेशको सपना बाँडेर हजारौको हत्या गरेको बताए ।
नेता महतोले राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद हुने प्रचण्डलाई किन नहुने भन्दै प्रश्न गरेका छन् ।
नेपालको संविधानमै त्रुटि भएको भन्दै उनले संसद विघटन पनि त्यसकै परिणाम भएको तर्क गरेका छन् ।
सभामा नेतृ रेणु यादवले प्रधानमन्त्री ओली मात्र होइन्, प्रचण्ड र माधव नेपाल पनि गलत भएको टिप्पणी गरेकी छिन् ।
त्यस्तै नेता बृषेशचन्द्र लालले संसद विघटनको सवालमा प्रचण्ड र माधव नेपालले संविधान संशोधन गरेर मधेसी जनताको अधिकार दिलाउने प्रतिवद्धता जनाए मात्र संयुक्त रुपमा आन्दोलन गर्न सकिने बताएका छन् ।