काठमाडौं । जयन्ती तथा राष्ट्रिय एकता दिवसू को उपलक्ष्यमा मध्य पश्चि म पृतना हेडक्वाटर, बुटवल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको सहकार्यमा ‘जितगढी विजयी दौड-२०७७’ Victory Half Marathon (२१ कि.मि. दौड) सफलता पूर्वक सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न सो प्रतियोगिताका विजेताहरुलाई उहाँले पुरस्कार समेत प्रदान गर्नु भएको थियो । १४१ जना धावकहरुको सहभागीता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कार, पदक तथा प्रमाण(पत्र प्रदान गरिएको थियो ।
वार्षिक रुपमा नेपाली सेनाको अगुवाईमा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा विजय महोत्सव दौड कार्यक्रम संचालन गरिदै आईरहेको छ । “जीतगढीको शान, नेपालीको पहिचान” मुल नारा सहित राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमको मुख्य उद्धेश्य सबैमा राष्ट्रिय एकताको भावनामा विकास गर्नु र सबैको साथ र सहकार्यमा प्रमुख ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण किल्लाहरुको संरक्षण, सम्बर्दन एवं प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्नु रहेको आयोजकले जनाकारी दिएका छन् ।
पुरुष तर्फ
प्रथम : सि. शिब रायमाझी, श्री खड्ग दल गण ।
द्वितीय : सि. सुबाश कार्की, श्री नारायणदल गण ।
तृतीय : स.प्र.ज. गौरब भण्डारी, श्री नं.५ विन्दावासिनी बाहिनी ।
महिला तर्फ
प्रथम : सि. निर्मला के.सी., गरुडदल गण ।
द्वितीय : स.प्र.ज. भाबना शाही, श्री नं।५ विन्दावासिनी बाहिनी ।
तृतीय : मिनिसा थापा, गोरखदल गण ।