जुम्ला । जुम्लाको उच्च हिमाली क्षेत्रमा परेको हिउँले चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परेसँगै हिँउ जमेको छ ।
मौसम पनि चिसो भएको हिउँ धेरै पर्नसक्ने स्थानीयलेबताएका छन् । हिमपातका कारण हवाई यातायात प्रभावित भएको छ ।
जुम्लाको तापक्रम माइनसबाट शून्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । आइतवार न्यूनतम माइनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम बादल र हावा कम भएपछि शून्य दशमलव ६ रहेको कार्यालयले जनाएको छ ।
सडकमा रहेका नागरिकहरुका लागि चिसोले कठिन भएको छ ।