बिजया दशमीमा शक्ति पिठहरुमा पुजा, उपासना हुने गर्छ । देबस्थलहरुमा दक्षिणकाली, पलान्चोक भगवती, शोभा भगवती, मैतीदेबी, शोभा भगवती, गुह्येश्वरी, कालिकास्थान, बिजेश्वरी, संकटा, महाकाल ,भद्रकाली, र तलेजु भवानीहरुको दर्शनगरि रोग, भोक, शोक हटाइ मनलाइ शान्त पारौ ।
‘नेपाल मन्दिरै मन्दिरको देश हो’ देशको प्राय सबै ठाउमा देबदेबीकै मुर्ति र मन्दिर पाइन्छ। बलि खाने कालीको मन्दिर मध्य ‘दक्षिणकाली’ पनि एक हो । काठमाडौबाट नजिकै पर्ने यो मन्दिरकी देबीलाइ दानबहरु नस्ट गर्ने एक प्रमुख देबीको रुपमा पुज्ने गरिन्छ ।
यहाँ विभिन्न जनाबरहरुको बली दिने गरेमा मानव जातिलाइ क्रोध, मुर्खता, कामुकता, कायरता र उदासिनताजस्ता अबगुणबाट मुक्ति मिल्ने बिश्वास गरिन्छ भने यो मन्दिर बास्तुकलाले भरिएको तिर्थ अत्यन्त महत्वपूर्ण मानिन्छ ।
यहाँ बिसेसतस् फुलपाती, सप्तमी, अष्ठमी र महानवमीको दीन बलि दिने, पुजा गर्ने चलन छ । दक्षिणकाली जाने बाटोमा पर्ने चोभार गणेश प्रसिद्द छन । यहाको अर्को बिशेसतामा लिच्छविकालिन मुर्तिहरु हुनु पनि हो ।
स्वच्छ पानी, प्राचीन गुफा पनि छ भने काठमाडौको कोलाहल भिडलाइ केही घण्टा भए पनि छाडेर शान्त,सफा, स्वच्छ बाताबरणमा रम्न सकिन्छ । यहाँ पिक्निक पनि जाने गरिन्छ ।
शक्ति सम्प्रदायमा शक्तिको दर्शनमा देवीलाई उच्च स्थान दिइएको छ । देवीको शक्ति विना यो संसार गतिशील हुन सक्दैन भन्ने मान्यता छ । यसको विश्लेषण यसरी गरिएको छ ्र प्रथम, देवी शक्ति हुन् र यो सारभुत रुपमा यथार्थ हो र पुरुष त्यस शक्तिको सहायक रुप हो । दोस्रो, देवी प्रकृति हुन् र आधा सृष्टिको कारक तत्व हो । तेस्रो, देवी चराचर जगतका पालनकर्ता हुन्,उनी नै सृष्टि र संहारकी कारण पनि हुन् ।
जीवन र मृत्युको जुन निरन्तरको चक्र छ, त्यसलाई दैवी शक्तिले नै परिचालन गर्छ । विभिन्न शास्त्रमा वर्णन गरिए अनुसार देवताहरुको संगठित रुपमा देवीको सर्वव्यापक शक्ति प्राप्त गर्छन् । देवताहरुले अनेक रुप धारण गर्ने तत्व नै देवी हुन् अर्थात, हरेक पदार्थकी जननी देवी हुन ।
त्यस्तै कालीको रुप, माया, प्रकृति र शक्तिको अर्को नाम देवी हो । उनलाई प्रकृतिको मायावी शक्तिका अर्थमा लिइन्छ । देविद्वारा सृष्टिको रचना हुन्छ । युगको अन्त्यमा महाप्रलयका बेला अलौकिक शक्तिको उद्घाटन हुन्छ र सत्यको अन्धकार पक्ष काली हुन् । प्रकाशवान सत्यको माया रुप हो काली । कालीको रुपलाई मसानवासिनी भनिन्छ, यसको अर्थ महाप्रलयकालमा उनको जाज्वल्य उपस्थित देखिन्छ । त्यसको साथै कालीलाई प्रकृति पनि भनिएको छ ।
प्रकृति सृष्टिको आधार हो । त्यसैले आधारभुता जगत्मेवा भनिएको हो ्र काली कालको प्रतिमुर्ति हुन् । महाकालको लयवद्ध क्रममा सृष्टि चलिरहन्छ । देवी शक्तिको प्रतिनिधि हुन् जसले कुनै पनि कार्यका लागि उर्जा दिन्छिन् । घोर अन्धकारका बेलामा पनि एक्लो भएर उभिदिन्छन् देवी । गतिहिनमा शक्ति भएर चेतन तत्वका रुपमा उनी जब सृष्टिक्रम सुरु गर्छिन् तब जगत देखा पर्छ ।
जब जब देवी शक्तिलाई हाँक दिने तत्वहरु अगाडि सर्छन् देवीको विकराल शक्ति आसुरी प्रवृति विरुद्ध खनिन्छन् । तर तिनै देवी आफ्ना भक्तहरुका लागि वरदान दिने र दुखबाट मुक्त गराउन अति सौम्य भएर अगाडि आउँछिन् । यसैले सनातन हिन्दु समाजमा देवीप्रति अति श्रद्धा र भक्तिभाव छ । दुर्गाको चरित्रले दिने दर्शन यही हो ।