काठमाडौं । कोरोना सङ्क्रमणका कारण रुपन्देही र बाँकेमा थप तीन/तीन जना र काभ्रेमा एक जनाको मृत्युको मृत्यु भएको छ । वुटवल उपमहानगरपालिकाका उनीहरुको कोरोना विशेष अस्पतालमा दुई जनाको र एक जनाको बाटोमै मृत्यु भएको बताइएको छ । हो ।
शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङको कोरोना विशेष अस्पताल बेलझुन्डी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । मुटुका दीर्घरोगी उनलाई शनिबार नै कोरोना पुष्टि भएको थियो ।
यस्तै गाएराति २ बजे बुटवल–११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । अस्पतालका अनुसार गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । उनको श्वासप्रश्वासमा समस्या थियो ।
यस्तै बुटवल–१ का ७० वर्षीय पुरुषको पनि राति ९ः५५ मा मृत्यु भएको छ । गत २२ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।
बाँकेमा गएराति पाँच मिनेटको अन्तरालमा थप दुई जनाको मृत्यु भएको बताइएको छ । शनिबार राति ९.५५ बजे नेपालगञ्ज १० का ८४ वर्षीय पुरुषको मृत्यु भएको थियो भने पाँच मिनेट बित्न नपाउँदै कोहलपुरकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियोे ।
शनिबार राति १० बजे कोहलपुरकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियो । स्वास्थ कार्यालयका अनुसार कोरोना सङ्क्रमण देखिएकी कोहलपुर–८ गोल्छा निवासी ७१ वर्षीया महिलाको मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । १४ गते स्वाबा सङ्कलन भएको उनको सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यस्तै शनिबार एकैदिन एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो । शनिबार राति नै नेपालगञ्ज-१० का ८४ वर्षीय पुरुषको मृत्यु भएको थियोे । यसअघि शुक्रबार राति पनि दुईजना संक्रमितको मृत्यु भएको थियोे ।
त्यस्तै काभ्रेको धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कोरोनाबाट धुलिखेल नगरपालिका– ११ बस्ने ५० वर्षका पुरुषको आइतबार बिहान मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।
मृतक पुरुषमा क्रोनिक अल्कोहोलिक लिभर डिजिज देखिएको धुलिखेल अस्पतालले जनाएको छ । काभ्रेमा कोरोनाबाट हालसम्म पाँच पुरुष र चार महिला गरी नौ जनाको मृत्यु भएको छ ।