वुटवल । प्रदेश नं. ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।
सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो ।
आज भएको मतदानमा प्रदेशको राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको छ भनेको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत खसेको थियो । आजको वैठकमा ८७ जना सांसदको उपस्थिति थियो ।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो ।
प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै प्रमुख विपक्षी कांग्रेसका सांसदले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित फ्लोर क्रस गरेका छन् ।
प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।