बुटबल । प्रदेश ५ को प्रदेशसभा बैठक शुरु भएको छ । आजको कार्यसुचि अनुसार प्रदेश सभामा सबैभन्दा पहिला विपक्षी दलका नेता एवंम काग्रेस संसदिय दलका प्रमुख वीरेन्द्र कुमार कनौडियाले बोली सकेका छन् भने अहिले मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् । उनले दाङमा राजधानी लैजानुको कारण र रुपन्देही कपिलबस्तु, नवलपरासीलाई समेटेर पर्यटकिय र सास्कृतिक राजधानी एवं बुटवल, भैरहवा कोरिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषदले गरेको निर्णय बारे जानकारी दिएका छन् ।