काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।
कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मृत्युलगत्तै स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौं, रिपोर्ट पोजेटिभ आएको प्रहरीले जनाएको छ ।
‘मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले आज बताएका छन् ।
योसँग नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।